म नेपाली

Wednesday, November 28, 2012

सुहाग रातको संकेत


कथा: सुहाग रातको संकेत
.
लेखक © : एनबी इलुङ्गा
.
मिति: २०६६/१०/२०
.
प्रथम पटक प्रकाशित मिति: २०६६/११/०८ पुर्वान्चल दैनिक बिर्तामोड, झापा


हाम्रो विवाहको रात अर्थात् सुहाग रात मै उसले त्यो दिनको संकेत दिएकी थिई | विवाह गरेर ल्याइएकी नया दुलही लाज हुनु पर्ने, डर हुनुपर्ने, धैर्यता हुनुपर्ने, तर त्यस्तो थिएन | पहिलो रात म कोठाभित्र जानासाथ उसले नै मलाई अँगालो हाली | म छक्क परें | उ मेरो छातीमुनि लुकी | म थाकेको थिएँ | मलाई सुहागरातको केहि परबाह थिएन | म खाटमा पल्टिएँ | उसले टेरिन | मेरो शरीर माथि पल्टिई | म अर्कोतिर कोल्टीएं |
उसले मुख फोरी, "आज हाम्रो सुहाग रात !"
            म जुरुक्क उठें र सम्झाएँ, "आज मात्र हैन अब त सिंगो जीवन हाम्रै लागि हो, आजलाई बित्न देउ |"
यसो भन्दै गर्दा मेरो एक हात उसको शीरमा कपाल सुम्सुम्याउन पुगेको थियो | अर्को हात उसका गालामा अडेर उसको अधरमा रंग भर्दै थियो | मेरो छातीमा टाँसिएको उसको शीर मेरा आँखातिर फर्कियो | मुसाको शिकार गर्न लागेको बिरालाका आँखा झैं मेरा आँखामा डस्न खोजी उसले | उसको शरीर तातेको र तनक्क तन्केको थियो | उ कामुक देखिई | मेरो हातको सुम्सुम्याईले गर्दा उसका कपालका त्यान्द्राहरु फुकेर छरपस्ट भैसकेका थिए | उसको उद्देश्यमा लालसा थियो, शारीरिक प्यास तृप्त गराउने, मैले त्यहि थाहा पाएं |
 मेरो काउन्टर अफरलाई इन्कार गर्दै भनी, "मेरो जीवनमा यो दिन फेरी फर्कने छैन, म यो दिनको शुख र खुशीबाट बन्चित हुन चाहन्न |"
मैले फकाएं, " तिमि पीडाले छट्पटाउनेछौ |"
"मलाई जस्तो सुकै पिडा मन्जुर छ" उ कठोर भई |
उसको बोलि र ब्यबहारले मलाई एक पटक सोच्न बाध्य गरायो | यद्यपी उसका इच्छाहरुलाई इन्कार गर्ने शव्द थिएनन् मसंग | जवर्जस्ती तवरले उसका इच्छा मार्दा भोलि समाजमा मलाई नामर्दको परिचय दिलाउली भन्ने डर थियो | तर म एउटा प्यासी मनको चितुवा किन आफ्नो शिकार त्याग गरौँ? उसको शीर उठाएर अधरमा चुम्बन गरें | मुसुक्क हाँसेर स्वीकारोक्ति दिएँ | त्यतिखेर उसले मेरो जुँगालाई कामुक देखेको हुनुपर्छ, नाकै मुनि म्वाई खाई |
उसका हात कति छिटो अगाडी आए, मैले देखिन | मैले सुरक्षा अपनाउन खोजेको थिएँ, उसले त्यसलाई हुत्याई |
मैले आस्चार्य मान्दै सोधें |
उसले फर्काई |
मैले उत्सुकता देखाएँ, "किन?"
उ कडकिई |
यति भए मलाई पुग्यो, चड्कन लगाएँ गालामा | आँशु झार्दै अर्कोपट्टि पल्टिई |
म रातभर उसैलाई सोच्दै रहें | आँखामा निन्द्रा परेन |
      आफ्नै साजनलाई ताजन दिनु परेकोमा म आफैलाई निको लागिरहेको थिएन | दिनभरी धेरैले सोधीखोजी गरे के भयो दुलहीलाई भनेर | घोसे भएरै टारी | मेरो अनुहारमा फर्केर पनि हेरिन | बेलुकी बेलैमा गएर घोप्टिछ खाटमा | मसंग साह्रै रिसाएकी हुनुपर्छ | विस्तारै गएर एउटा हात छामें | चिसो थियो | सारीको सप्को अनुहारबाट हटाएँ | कपालले पुरै अनुहार छोपेको रैछ | कपाल पनि पन्छाएं | उज्यालो अनुहार र रसिलो ओठ देखेर म मातिएं | अब लिपस्टिक किनिदिन मलाई पैसाको लोभ नलाग्ने भयो | कमसेकम आधा त मै डसीहाल्छु | निधार छामें | धेरै तातेको रैछ | कपाल दुखेछ क्यारे | गालामा म्वाई खान मन लग्यो | मेरो नाक क्याच्च भयो | म्वाई खान खोज्दा-खोज्दै टाउको उठाइछ | नाकमा नमज्जाले लाग्यो | म रन्थनियें | उ किन उठेकी थिई कुन्नि कारण बुझ्न चाहिनँ | नाक दुखाइको पिडा सहन नसकेर पल्टिएँ | एउटै ओच्छ्यानमा आफ्नै प्यारीसंग टाढीनुपर्ने विवशता अजीवको लाग्यो |
      चार औंलाको छाप मैतालु पुर्याउन जांदासम्म हटेका थिएनन् | उ अलि आतिएकी जस्तो लाग्यो | त्यो दिन उसका ओठमा मैले नै लिपस्टिक दलिदिएँ | मैले उसलाई खुसि पार्नु थियो ताकी उसले माइत पुगेर नखरा पार्नु नपरोस् | उसका हरेक क्रियाकलाप म नियाल्दै थिएँ | उ आफ्ना हरेक अंगहरुमा हात पुर्याउँदा सचेत हुन्थी | शायद तिनका रक्षकले उसलाई ती अंगहरु चलाउन बन्देज लगाएको छ | हो त मै त हुँ तिनको रक्षक | मलाई त्यसको अधिकार छ | म आफै गएँ उसको चोली मिलाइदिन | उसले निलो चोली निकाली | मैले त्यसको अर्थ सम्झीएँ | निलो चोली छातीमा टिमिक्क भयो | उसका ओठमा अझै हाँसो आउन सकेको थिएन | रातो साडी निकाल्दै गर्दा उ अलि निहुरेकी थिई | चुम्बकले फलामलाई झैं उसको सलक्क परेको सुरिलो शरीरले मलाई खिच्यो | म बत्तिएर उसको कम्मर समाउन पगेछु | उ झस्कीई | मेरा हात चोलीमाथि चिप्लिन थालेछन् | मलाई त्यसको होसै थिएन | एक पटक होसमा आउँदा उसका ओठमा लिपिएको लिपस्टिक सबै लत्पतिएको पाएँ | उसका गालाहरु रंगिन भैसकेका थिए | मल्मल्को बिच्छ्यौना माथि पल्टिदा उ निदाएजस्तो गरी | उसको शरीरबाट रगत चुहिन लागे झैं रातो दखिन्थ्यो | मेरा औंलाका हरेक स्पर्शले उ कुत्कुतिन्थी | मेरो शरीरमा कम्पन उत्पन्न भयो | म थरररर्रर... काम्न लागें | अब म् होस् गुमाएर अरु क्रिडा गर्न सक्ने अवस्थामा थिइनँ |
मैले उसका गाला सुम्सुम्याउदै बिस्तारै बोलाएँ, "एई ! उठ !"
उ ब्युँझिई |
मैले फेरी भनें, "दिउसै रात पारे रात के का लागि नी?"
उ बोलिन र उठ्ने मन पनि गरिन | मलाई पुगेछ, शरीर शेलायो | एक छिनपछी उतिर नजर लगाएँ | आँखाबाट महँगो पनि बग्न लागेको थियो |
      नयाँ ज्वाईंको आगमनको रौनक थियो ससुराली घरमा | ससुरालीको पहिलो अनुभव म पनि गजक्क परेर बसेको थिएँ | अस्ति लगाएदेखि नधोएको मोजा गन्हाउने डरले घरभित्रै पस्दासम्म पनि खोलिनं | मलाई खै क-कसले घेरेका थिए | सबैजना मलाई बुझ्न आतुर देखिन्थे | तर मेरा आँखाले उसैलाई खोज्दै थिए | खै कता गई? खाना खाने बेलामा पनि सासु आइन् बोलाउन | कसैले लोटामा पानि टक्र्याएन | डाइनिंग टेबलमा डोर्याए ससुराले | औशनी हाल्ने बेलामा झुक्किएँ, चम्चाले हालुं कि नहालूं ? बोइलरका चोक्टा लतपतिएका सिता घांटीबाट छिर्नै मानेनन् |
      "ए मोरी अलिकति दहि ले न, भात छिर्थ्यो कि?" भन्न पनि पाइनं, उ थिइन |
कसैले मलाई खास वास्ता गरेजस्तो लागिरहेको थिएन | आफ्नो मान्छे नभएपछी अर्काले वास्ता गरे-०-नगरेको सबै व्यर्थ थियो | सुत्ने बेलामा ओच्छ्यान मिलाईदिन पनि आइन | देख्नै नपाई ढलें |
      भोलिपल्ट अघिल्लो दिनको भिड थिएन | सबै लाखा-पाखा लागेछन् | बिहानको भोजन गर्नुअघि सम्म म एक्लै सोफामा निदाएछु | भोजनालयमा उसलाई नदेख्दा म फेरी हस्रक्क भएँ | उसका बाबु आमा आपसमा गन्गनाउदै थिए | हिजो आउने बित्तिकै उसकी बहिनीले काकाका घरतिर लिएर गएकी रे | भरे आउली कि भन्ने आशा देखाउदै थिए | काकाकै घरमा जाँदा त मलाई पनि संगै लिएर गएको भए हुने | म संग रुस्ट भएकी हुनुपर्छ, अन्यथा यसो नगर्नु पर्ने हो | मेरो कपाल तात्दै थियो | मैले धैर्यता अपनाएँ | घर फिर्न ढिला हुन सक्थ्यो |
      सोच्दा सोच्दै उ आउदै गरेको देखें | भर्यांग उक्लदै गर्दा मेरो मुस्कुराहटको जवाफ दिईन | कस्ती अटेरी केटि रैछ | म धैर्य गरि बस्न सकिन | उ पसेकै कोठाभित्र पसें | देख्नेहरुले लाज पचेको भन्ठाने होला ! अरु केटीहरु पनि संगै पसेका रहेछन् | म अलक्क बसें |
      "कहाँ गएकी थियौ? हिजो किन आइनौ?" मैले जवाफ पाइनँ | धैर्य गर्नुको विकल्प थिएन | उ व्यस्त थिई | खै कुन चै केटिले उसका गाला रंग्याईदिई | म आफैलाई लिपस्टिक लगाइदिने मन थियो | ओभरटेक गर्न चाहिनँ | छड्के पर्दा रातो भएर पाकेको चेरी जस्तै ओठ देखें | गुलियो हुनुपर्ने | बेलुकी चाखीछाड्छु | बिहेकै साडी चोलोले छोपिदिए उसका सबै अंगहरु | राम्ररी नियाल्ने रहर मेटिएकै थिएन | खाडीबाट भर्खर धोएर निकालेको पाटा जस्तै कपाल बनाइदिए | सबै त्यान्द्राहरु असरल्ल छरिएका थिए | उसको शृंगार हेर्दा हेर्दै मैले आफैलाई भुलेछु | उनीहरु कोठाबाट निस्किएपछि हत्तार हत्तार सर्ट भिरें | पेन्ट झट्कार्दा खुल्ला झ्याल बाहिरको दृश्य स्पस्ट देखें | ऊ सहित केहि केटीहरु उँधो लाग्दै थिए | एउटा घरभित्र पसे |
      उसलाई पर्खिएको केहि घण्टा बितिसकेको थियो | ऊ आउने छाँट देखिनं | उसका बाउ-आमाले कुनै चासो दिएनन् | के हुँदैछ भन्ने उनीहरुलाई थाहा थियो | केहि बेर पछि मा पनि स्पस्ट हुँदै थिएँ | उसकी एउटी साथि आई | मैले उसलाई पहिर्याइदिएको हरियो पोते र रातो सिन्दुरको बट्टा लिएर आएकी थिइ त्यो केटी | म रनक्क तातें | तुरुन्त सेलाएँ | कारण बुझेपछि थाहा लाग्यो सेकेन्ड हेन्ड केटी थर्ड हेन्ड लागिछ | उसलाई सुभकामना संदेश पठाएँ, ससुरालीले बिहेमा दिएको बाइकको चाबी ससुराको थुतुनोमा हुत्याएँ, अनि फर्किएँ लुरु-लुरु एक्लै, केवल एक्लै...... |

Coming Soon: "कथा: पापी चुल्हो" ! By N B ELUNGA.

Friday, August 24, 2012

होशियार!

जन्जिरले बाँधेको कुकुरलाई अब नछोड!
सहिदको रातो रगतले पोतेका किल्ला अब नतोड!

हे वीर सहिद! प्राण आफ्नो छोडे कुकुरलाई नछोड
बरु काख को छोरा छोड, गुफाको बाघ नछोड
बरु घरकी स्वास्नी छोड तर अरिंगाल नछोड!

उम्केला घोडा, सबैलाई किच्ला बडकेर आएर
त्यसैले जनता सबैले सोचा कुकुरले रुप फेर्ला!

हे निर्दोस र पिडित जनता लोकतन्त्र नछोड!
सहिदको रगतले कोरेको मार्ग कसैले नामोड!

इति सम्बत २०६९ मास ०५ दिनांक ०८ रोज ०६ सुभम!
© NB ELUNGA

Thursday, June 14, 2012

गजल!!!


तिम्रो हिंडाइको चाल क्या सान छ वा वा!
सबैको हाय हेल्लो क्या मान छ वा वा!

पोटिला गाला अनि छिनेको कम्मर,
बैंसको यौवन और क्या जान छ वा वा!

सुन्तला केस्रा तिम्रो नशालु अधर
लतक्कै मुन्द्री हेर क्या कान छ वा वा!

निम्तो तिम्रो सुस्केरा स्वागत केश फरफर,
जोसुकैलाई मुस्कान चैं क्या दान छ वा वा!

गाजलु नयन अनि परेली झिम-झिम,
लाल दन्त पारिदिने क्या पान छ वा वा!

मैं तिम्रो दिलको राजा तिमी मेरी हौ,
आउ बस मेरो Rx क्या तान छ वा वा!

इति सम्वत २०६९ मास ०२ दिनांक ३२ रोज ०५ शुभम्!!!!
© NB ELUNGA, BIRTMODE

Wednesday, June 13, 2012

चर्तिकला !


अधरमा चुमी तिम्लाई छातीमा टाँस्न पाए!
सुम्सुम्याई शिर मेरो आफ्नै काखमा राख्न लाए!

पुर्णिमाको रातमा मेरो कोठाभित्र डाक्न पाए!
नलजाई आफ्नो यौवन चखाउने कसम खाए!

छातीमाथि छाती जोडी ओठमा ओठ राख्न लाए!
वक्षस्थलमा बढेका ती अनारदाना चाख्न पाए!

मेरै काखमा लुटपुटिदै छातीमाथि खेल्थ्यौ तिमी!
प्रातः हुन्जेल रंगमन्चमा चारै प्रहर झेल्थ्यौ तिमी!

मद्दले झन मातिएर तिम्रा आँखा लुक्न खोज्दा!
लिसो जस्तै लास्सिएर मेरो शरीर छोप्न खोज्दा!

उचालेर तिमीलाई झ्यालबाट फालिदिन्थें!
तिम्रो फोटो न्युज्पेपरको पानाभित्र हालिदिन्थें!!!

इति सम्बत २०६९ मास ०२ दिनांक ३२ रोज ०५ शुभम!!!!
© NB ELUNGA, BIRTMODE

Monday, June 11, 2012

कस्तो न्याय

१. उनको पेटमा ३ महिनाको गर्व रहेको कुरा उनले मलाई सुटुक्क बताइन.
२. म अक्क परें.
३. मलाई सन्तानको इच्छा थिएन.
४. मैले गर्वपतन गराउन भनेँ.
५. उनले इन्कार गरिन.
६. हामीबीच विवाद भयो.
७. उनि फन्किएर माइत हिडिन.
८. बाटोमा ढुंगामा खुट्टा ठोक्किएर उनी लडिन.
९. गर्व खेर गयो.
१०.गाउँका संगठित महिलाहरुले मेरो बिरुद्दमा किटानी जाहेरी सहित ज्यान मुद्दा हाले.
११.अहिले म जेलमा सजाय भोग्दैछु.

इति सम्बत २०६९ मास ०२ दिनांक २९ रोज ०२ शुभम!
© NB ELUNGA, BIRTMODE

Sunday, June 10, 2012

सजाय

सुहागरातमै नयाँ दुलहीलाई दुलाहाबाट छुटाएर सुताउनु कति न्यायोचित हो त? मेरो विवाहकै रात मेरी आमाले मेरी श्रीमतीलाई आफैसंग सुताइन. म रिसले आगो भएँ, रातभरी सुत्न सकिन. बिहान हुनु अगावै कसैलाई थाहा नदिई म घर छोडेर भागेँ. झन्डै एक महिना पश्चात् एउटा स्थानीय पत्रिकामा 'मानिस हराएको सूचना' देखें, त्यहाँ मेरो फोटो थियो. मेरी श्रीमती र आमाले मलाई खोज्न छपाएका रहेछन. तर, त्यतिखेर सम्म ढिलो भइसकेको थियो. मैले अर्कै घरजम गरिसकेको थिएँ. तै पनि उनीहरुप्रति दया जागेर आयो. म नयाँ दुलही सहित घर फर्किएँ. सबैले मलाई गाली गरे, झपारे, मैले सबका हप्की सुनिरहें. सबै वाहियात लागे. म आफ्नो कोठामा गएँ, मेरी जेठी श्रीमती रोइरहेकी थिइन, उनको आँशु पुछिदिएं. उनले नगरेको अपराधको सजाय दिएकोमा दुःख लाग्यो. गाई, भैसी जस्तो मान्छे साट्न मिलेन. सानो गल्तिको ठुलो सजाय म आफैलाई उचित लागेन. त्यसैले कान्छी श्रीमतीलाई पनि म आफैले एक रातको लागि आमासँग सुत्न पठाएँ.

कथा खतम, सुन्नेलाई सुनको माला! भन्ने लाई फूलको माला!
© NB ELUNGA, BIRTMODE

इति सम्वत २०६९ मास ०२ दिनांक २9 रोज ०2 सुभम!

ल्वांठ

एउटा सानो फुच्चे थियो. उसलाई सबैले ठुलो मान्छे हुनु भनिराख्थे, उसलाई पनि बडो मान्छे हुने ठुलो धोको थियो. अरुले यस्तो हुनु उस्तो हुनु भनिराख्दा कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले पाइलट आदि-आदि हुन्छु भन्दै दङ्ग पर्थ्यो. अलि पछी त्यो फुच्चे बढेर तन्नेरी भयो, त्यसपछि उसले थाहा पायो, उसले चाहेजस्तो बन्न त धेरै पढ्नुपर्ने रहेछ. उसलाई पढ्न बन्दै मन लाग्दैन थियो, अब ऊ बिचलित हुन लग्यो, उसका उद्देश्यहरु असम्भव बन्न लागे. कोहि-कोहिले भनेको उसले सुनेको थियो, "धेरै पढ्न नसके ल्वांठ भइन्छ". उसले त्यहि सम्झियो र सोच्यो, " म धेरै पढ्न सक्दिनँ, त्यसैले म ल्वांठ हुन्छु." उसले आफ्ना सबै उद्देश्यहरु बिर्सियो. ल्वांठ बन्नका लागि ऊ तम्तयार भयो. पढ्नुको साटो गुच्चा खेल्न गयो, एउटै कक्षामा तीन पटक सम्म फेल भयो, सबैले उसलाई 'ल्वांठ' नामले बोलाउन थाले. ऊ खुसी भयो, किनकि उसको 'ल्वांठ' बन्ने उद्देश्य पूरा भयो.

इति सम्वत २०६९ मास ०२ दिनांक २८ रोज ०१ सुभम!
© NB ELUNGA, BIRTMODE

Sunday, May 27, 2012

आदिवासी अधिकृत


नेपाल सरकारले हामी ब्राह्मणलाई पनि आदिवासी बनाएकोमा कम हर्ष लागेन. अब अधिकृतमा भिड्न निस्सा नचाहिने भयो. यस पाली त एकैचोटी अधिकृतमा भिडेर फुत्तै नाम निकाल्ने सोच पुरा होला जस्तो लाग्यो. मनमनै मख्ख, दङ्ग, फुरुङ्ग परेर गम्किएर खाटमा पल्टिरहेको थिएँ. मेरी वर्षा प्यारी सुटुक्क कोठामा छिरिन.उनलाई हत्तार हत्तार खुसीको खबर सुनाएँ. भर्खरै चिसो पानीमा नुहाएर आएकी उनले चम्कदै " लौ अधिकृत ज्युको तागत हेरौं न त" भन्दै ममाथि वस्तुगत प्रश्नको वर्षा गर्न लागिन. प्रश्न छोड्दा उनको अधर थर्किएको र त्यसको रस छचल्किएको देखें. उनि केहि महिनायता खरिदारका लागि तयारी गर्दै थिइन. उनको प्रश्नको बर्षाले म रुझें तर, एउटा थोप्पो सम्म पनि मेरो दिमागमा घुसेको रैनछ. लाज लग्यो. उनका आँखामा आँखा जुधाउन सकिनं. आँखाबाट आँखा हटाएँ. तैपनि मेरा आँखा अडयाउन उनको शरीरमा अरु सुकोमलता देखें. उसले मलाई गिज्याई. मलाई झोंक चल्यो. मैले थर्काएँ, जा च्या बनाएर लेर आ उ हाँस्दै बाहिर निस्की. मा मनमनै खिपिएं.
© NB ELUNGA, BIRTMODE