म नेपाली

Sunday, June 10, 2012

सजाय

सुहागरातमै नयाँ दुलहीलाई दुलाहाबाट छुटाएर सुताउनु कति न्यायोचित हो त? मेरो विवाहकै रात मेरी आमाले मेरी श्रीमतीलाई आफैसंग सुताइन. म रिसले आगो भएँ, रातभरी सुत्न सकिन. बिहान हुनु अगावै कसैलाई थाहा नदिई म घर छोडेर भागेँ. झन्डै एक महिना पश्चात् एउटा स्थानीय पत्रिकामा 'मानिस हराएको सूचना' देखें, त्यहाँ मेरो फोटो थियो. मेरी श्रीमती र आमाले मलाई खोज्न छपाएका रहेछन. तर, त्यतिखेर सम्म ढिलो भइसकेको थियो. मैले अर्कै घरजम गरिसकेको थिएँ. तै पनि उनीहरुप्रति दया जागेर आयो. म नयाँ दुलही सहित घर फर्किएँ. सबैले मलाई गाली गरे, झपारे, मैले सबका हप्की सुनिरहें. सबै वाहियात लागे. म आफ्नो कोठामा गएँ, मेरी जेठी श्रीमती रोइरहेकी थिइन, उनको आँशु पुछिदिएं. उनले नगरेको अपराधको सजाय दिएकोमा दुःख लाग्यो. गाई, भैसी जस्तो मान्छे साट्न मिलेन. सानो गल्तिको ठुलो सजाय म आफैलाई उचित लागेन. त्यसैले कान्छी श्रीमतीलाई पनि म आफैले एक रातको लागि आमासँग सुत्न पठाएँ.

कथा खतम, सुन्नेलाई सुनको माला! भन्ने लाई फूलको माला!
© NB ELUNGA, BIRTMODE

इति सम्वत २०६९ मास ०२ दिनांक २9 रोज ०2 सुभम!

No comments:

Post a Comment