म नेपाली

Sunday, May 27, 2012

आदिवासी अधिकृत


नेपाल सरकारले हामी ब्राह्मणलाई पनि आदिवासी बनाएकोमा कम हर्ष लागेन. अब अधिकृतमा भिड्न निस्सा नचाहिने भयो. यस पाली त एकैचोटी अधिकृतमा भिडेर फुत्तै नाम निकाल्ने सोच पुरा होला जस्तो लाग्यो. मनमनै मख्ख, दङ्ग, फुरुङ्ग परेर गम्किएर खाटमा पल्टिरहेको थिएँ. मेरी वर्षा प्यारी सुटुक्क कोठामा छिरिन.उनलाई हत्तार हत्तार खुसीको खबर सुनाएँ. भर्खरै चिसो पानीमा नुहाएर आएकी उनले चम्कदै " लौ अधिकृत ज्युको तागत हेरौं न त" भन्दै ममाथि वस्तुगत प्रश्नको वर्षा गर्न लागिन. प्रश्न छोड्दा उनको अधर थर्किएको र त्यसको रस छचल्किएको देखें. उनि केहि महिनायता खरिदारका लागि तयारी गर्दै थिइन. उनको प्रश्नको बर्षाले म रुझें तर, एउटा थोप्पो सम्म पनि मेरो दिमागमा घुसेको रैनछ. लाज लग्यो. उनका आँखामा आँखा जुधाउन सकिनं. आँखाबाट आँखा हटाएँ. तैपनि मेरा आँखा अडयाउन उनको शरीरमा अरु सुकोमलता देखें. उसले मलाई गिज्याई. मलाई झोंक चल्यो. मैले थर्काएँ, जा च्या बनाएर लेर आ उ हाँस्दै बाहिर निस्की. मा मनमनै खिपिएं.
© NB ELUNGA, BIRTMODE