म नेपाली

Thursday, June 14, 2012

गजल!!!


तिम्रो हिंडाइको चाल क्या सान छ वा वा!
सबैको हाय हेल्लो क्या मान छ वा वा!

पोटिला गाला अनि छिनेको कम्मर,
बैंसको यौवन और क्या जान छ वा वा!

सुन्तला केस्रा तिम्रो नशालु अधर
लतक्कै मुन्द्री हेर क्या कान छ वा वा!

निम्तो तिम्रो सुस्केरा स्वागत केश फरफर,
जोसुकैलाई मुस्कान चैं क्या दान छ वा वा!

गाजलु नयन अनि परेली झिम-झिम,
लाल दन्त पारिदिने क्या पान छ वा वा!

मैं तिम्रो दिलको राजा तिमी मेरी हौ,
आउ बस मेरो Rx क्या तान छ वा वा!

इति सम्वत २०६९ मास ०२ दिनांक ३२ रोज ०५ शुभम्!!!!
© NB ELUNGA, BIRTMODE

Wednesday, June 13, 2012

चर्तिकला !


अधरमा चुमी तिम्लाई छातीमा टाँस्न पाए!
सुम्सुम्याई शिर मेरो आफ्नै काखमा राख्न लाए!

पुर्णिमाको रातमा मेरो कोठाभित्र डाक्न पाए!
नलजाई आफ्नो यौवन चखाउने कसम खाए!

छातीमाथि छाती जोडी ओठमा ओठ राख्न लाए!
वक्षस्थलमा बढेका ती अनारदाना चाख्न पाए!

मेरै काखमा लुटपुटिदै छातीमाथि खेल्थ्यौ तिमी!
प्रातः हुन्जेल रंगमन्चमा चारै प्रहर झेल्थ्यौ तिमी!

मद्दले झन मातिएर तिम्रा आँखा लुक्न खोज्दा!
लिसो जस्तै लास्सिएर मेरो शरीर छोप्न खोज्दा!

उचालेर तिमीलाई झ्यालबाट फालिदिन्थें!
तिम्रो फोटो न्युज्पेपरको पानाभित्र हालिदिन्थें!!!

इति सम्बत २०६९ मास ०२ दिनांक ३२ रोज ०५ शुभम!!!!
© NB ELUNGA, BIRTMODE

Monday, June 11, 2012

कस्तो न्याय

१. उनको पेटमा ३ महिनाको गर्व रहेको कुरा उनले मलाई सुटुक्क बताइन.
२. म अक्क परें.
३. मलाई सन्तानको इच्छा थिएन.
४. मैले गर्वपतन गराउन भनेँ.
५. उनले इन्कार गरिन.
६. हामीबीच विवाद भयो.
७. उनि फन्किएर माइत हिडिन.
८. बाटोमा ढुंगामा खुट्टा ठोक्किएर उनी लडिन.
९. गर्व खेर गयो.
१०.गाउँका संगठित महिलाहरुले मेरो बिरुद्दमा किटानी जाहेरी सहित ज्यान मुद्दा हाले.
११.अहिले म जेलमा सजाय भोग्दैछु.

इति सम्बत २०६९ मास ०२ दिनांक २९ रोज ०२ शुभम!
© NB ELUNGA, BIRTMODE

Sunday, June 10, 2012

सजाय

सुहागरातमै नयाँ दुलहीलाई दुलाहाबाट छुटाएर सुताउनु कति न्यायोचित हो त? मेरो विवाहकै रात मेरी आमाले मेरी श्रीमतीलाई आफैसंग सुताइन. म रिसले आगो भएँ, रातभरी सुत्न सकिन. बिहान हुनु अगावै कसैलाई थाहा नदिई म घर छोडेर भागेँ. झन्डै एक महिना पश्चात् एउटा स्थानीय पत्रिकामा 'मानिस हराएको सूचना' देखें, त्यहाँ मेरो फोटो थियो. मेरी श्रीमती र आमाले मलाई खोज्न छपाएका रहेछन. तर, त्यतिखेर सम्म ढिलो भइसकेको थियो. मैले अर्कै घरजम गरिसकेको थिएँ. तै पनि उनीहरुप्रति दया जागेर आयो. म नयाँ दुलही सहित घर फर्किएँ. सबैले मलाई गाली गरे, झपारे, मैले सबका हप्की सुनिरहें. सबै वाहियात लागे. म आफ्नो कोठामा गएँ, मेरी जेठी श्रीमती रोइरहेकी थिइन, उनको आँशु पुछिदिएं. उनले नगरेको अपराधको सजाय दिएकोमा दुःख लाग्यो. गाई, भैसी जस्तो मान्छे साट्न मिलेन. सानो गल्तिको ठुलो सजाय म आफैलाई उचित लागेन. त्यसैले कान्छी श्रीमतीलाई पनि म आफैले एक रातको लागि आमासँग सुत्न पठाएँ.

कथा खतम, सुन्नेलाई सुनको माला! भन्ने लाई फूलको माला!
© NB ELUNGA, BIRTMODE

इति सम्वत २०६९ मास ०२ दिनांक २9 रोज ०2 सुभम!

ल्वांठ

एउटा सानो फुच्चे थियो. उसलाई सबैले ठुलो मान्छे हुनु भनिराख्थे, उसलाई पनि बडो मान्छे हुने ठुलो धोको थियो. अरुले यस्तो हुनु उस्तो हुनु भनिराख्दा कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले पाइलट आदि-आदि हुन्छु भन्दै दङ्ग पर्थ्यो. अलि पछी त्यो फुच्चे बढेर तन्नेरी भयो, त्यसपछि उसले थाहा पायो, उसले चाहेजस्तो बन्न त धेरै पढ्नुपर्ने रहेछ. उसलाई पढ्न बन्दै मन लाग्दैन थियो, अब ऊ बिचलित हुन लग्यो, उसका उद्देश्यहरु असम्भव बन्न लागे. कोहि-कोहिले भनेको उसले सुनेको थियो, "धेरै पढ्न नसके ल्वांठ भइन्छ". उसले त्यहि सम्झियो र सोच्यो, " म धेरै पढ्न सक्दिनँ, त्यसैले म ल्वांठ हुन्छु." उसले आफ्ना सबै उद्देश्यहरु बिर्सियो. ल्वांठ बन्नका लागि ऊ तम्तयार भयो. पढ्नुको साटो गुच्चा खेल्न गयो, एउटै कक्षामा तीन पटक सम्म फेल भयो, सबैले उसलाई 'ल्वांठ' नामले बोलाउन थाले. ऊ खुसी भयो, किनकि उसको 'ल्वांठ' बन्ने उद्देश्य पूरा भयो.

इति सम्वत २०६९ मास ०२ दिनांक २८ रोज ०१ सुभम!
© NB ELUNGA, BIRTMODE