म नेपाली

Sunday, June 10, 2012

ल्वांठ

एउटा सानो फुच्चे थियो. उसलाई सबैले ठुलो मान्छे हुनु भनिराख्थे, उसलाई पनि बडो मान्छे हुने ठुलो धोको थियो. अरुले यस्तो हुनु उस्तो हुनु भनिराख्दा कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले पाइलट आदि-आदि हुन्छु भन्दै दङ्ग पर्थ्यो. अलि पछी त्यो फुच्चे बढेर तन्नेरी भयो, त्यसपछि उसले थाहा पायो, उसले चाहेजस्तो बन्न त धेरै पढ्नुपर्ने रहेछ. उसलाई पढ्न बन्दै मन लाग्दैन थियो, अब ऊ बिचलित हुन लग्यो, उसका उद्देश्यहरु असम्भव बन्न लागे. कोहि-कोहिले भनेको उसले सुनेको थियो, "धेरै पढ्न नसके ल्वांठ भइन्छ". उसले त्यहि सम्झियो र सोच्यो, " म धेरै पढ्न सक्दिनँ, त्यसैले म ल्वांठ हुन्छु." उसले आफ्ना सबै उद्देश्यहरु बिर्सियो. ल्वांठ बन्नका लागि ऊ तम्तयार भयो. पढ्नुको साटो गुच्चा खेल्न गयो, एउटै कक्षामा तीन पटक सम्म फेल भयो, सबैले उसलाई 'ल्वांठ' नामले बोलाउन थाले. ऊ खुसी भयो, किनकि उसको 'ल्वांठ' बन्ने उद्देश्य पूरा भयो.

इति सम्वत २०६९ मास ०२ दिनांक २८ रोज ०१ सुभम!
© NB ELUNGA, BIRTMODE

1 comment: